कोकिला ढकाल
इलाम, माघ १८
इलाम नगरपालिकामा निर्माण शुरु गरिएको सुकिलुम्बा फाल्गुनन्द विमानस्थल यतिबेला स्थानीयकालागि त्रासमा परिणत भएको छ । 'कहिले पानी पर्छ र माटो बगाएर हामीलाई र्पूछ' स्थानीय गंगाराम नेपालले भने ' अब तार जाली सहितको वाल नलगाए हामी काम अगाडि बढाउँन नदिने अवस्थामा पुगेका छौं ।'
विमानस्थल भन्दा तल्लो क्षेत्रमा करीब एक सय घर परिवार र सयौं रोपनी खेती योग्य जमिन रहेको छ । डाँ
डो काटेर ७५० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावन मार्ग बनाउँदा निस्किएको माटो रोक्ने वालको व्यवस्था नहुँदा त्यसले स्थानीयमा त्रास बढाएको हो । ६ करोड ७६ लाख रुपैयाँमा ठेक्का लागेको धावन मार्ग निर्माणमा करिब ३ सय मिटर मात्र तार जाली सहितको वालको व्यवस्था रहेको छ । बाँकी करिब ४ सय मिटरको क्षेत्रमा वाल लगाउने काम ठेक्का भित्र पर्दैन । उक्त क्षेत्रमा पनि वाल लगाएपछिमात्र काम गर्न स्थानीयले सरकार सँग माग गर्दै आएका छन् । 'हामीले इलाम नगरपालिका र हवाई विभागमा पनि वाल बनाउन आग्रह गर्दै निवेदन दिएका छौं । हाम्रो मागको समयमा सुनुवाई नभए काममा अवरोध गर्न बाध्य हुन्छौं ।' विमानस्थल निर्माण गर्न आफ्नो पनि जग्गा दिएर विस्थापित भएका नेपालले भने 'आफ्नै गाउँ-ठाउँ, जिल्लाको विकास हुन्छ भनेर घर भएको जग्ग्ाा दिएर यहाँबाटै विस्थापित त छंदैछौं । अब घर बनाउन थालेको जग्गा र खेती गर्ने ठाउँनै यहाँको माटोले पुरिदियो भने हामीले के गर्ने ।'
विस्थापित परिवारकै नन्दलाल लामा पनि अहिले सम्म विमानस्थल निर्माणको काम राम्रो चलेको भएपनि वाल नहुँदा समस्या आएको बताउँछन् । 'अब वषर्ा याम शुरु हुन लाग्दा यो तल्लो क्षेत्रमा त्रास बढेको छ । वाल निर्माण नगरि बाँकी काम रोक्ने कुरामा सबै लागेका छन् । यो खारेको जग्गाको माटो बग्ने निश्चित छ । यसलाई रोक्न सरकारले तत्काल ध्यान दिएन भने अर्को विपत्तिको खतरा छ ।' लामाले भने ।
विमानस्थलको जग्गा काट्ने र खार्ने तथा सम्याउने गरि करिब ७५ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनी याक्थ्युहाङ/एपेक्स/गजुरमुखी ज्वाइन्ट भेन्चरका प्रतिनिधि सन्तोष कटुवालले जानकारी दिए । काम धमाधम भइरहेको छ तर तारजालीसहितको वालको माग गर्दै स्थानीयले पटक-पटक काम रोक्ने दबाब दिइरहेको उनले बताए । 'स्थानीयको माग पनि अस्वभाविक होइन, वषर्ाको सिजनमा ४२ हजार वर्गमिटरको धावन मार्गमा जमेको पानी र त्यसमाथिको डाँडाबाट बगेर आएको पानी त यहाँ साँच्चै खोलो नै हुन्छ । अनि यसभन्दा तल रहेको बस्ती र खेती योग्य जमिन नस्ट हुने निश्चित छ ।' कटुवालले भने 'हाम्रो ठेक्का भित्र परेको वाल निर्माण भइरहेको छ । अब ठेक्का बाहिर करीब ४ सय मिटर लम्बाइ र करीब २० मिटर बढी उच्चाई भएको वाल निर्माण गर्ने अवस्था छ । स्थानीयको मागमा सरकारले चासो दिएन भने कामनै ठप्प हुने अवस्था छ ।' वालसहित स्थानीयको समस्या जग्गाको पनि रहेको कटुवालले जानकारी दिए । मुआब्जा पाएर छोडेको जमिन बाहेक बाँक रहेको जमिन कहाँ पर्छ भन्ने पनि स्थानीयलाई जानकारी नहुँदा कति परिवारको अहिले सम्म घर पनि बन्न नसकेको पाइएको कटुवालले बताए । बाँकी वाल निर्माणको काम गनपनि करिब ४ करोड बढी रकम खर्च हुने कटुवालको अनुमान छ । उनी भन्छन् 'माथिबाट निरन्तर पैसा आउने हो भने र यही रफ्तारमा काम हुने हो भने करीब ३ वर्षा विमानस्थल निर्माण सम्पन्न हुनसक्छ ।'
अध्रि्रहण गरिएको जग्गा बाहेक स्थानीयको बाँकी जग्गा अहिले सम्म छुट्याउने काम नभएकाले आफूहरु थप समस्यामा परेको स्थानीय बताउँछन् ।
विमानस्थल निर्माण प्रक्रियाको काम नयाँ भने होइन । २०५८ साल देखि शुरु भएको विमानस्थलको प्रक्रियाले चालुआर्थिक वर्षाट भने गति लिएको हो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नै २०६७ चैत १३ गते विमानस्थलको शिलान्यास गरेका थिए । ३२८ रोपनी क्षेत्रफल जग्गा अध्रि्रहण पछि नागरिक उड्यायन प्राधिकरणले विमानस्थल निर्माणको काम शुरु गरेको हो । करीब दर्ुइ करोड रुपैयाँ बढीमा अध्रि्रहण गरिएको जग्ग्ााका ४९ घर परिवारलाई मुआब्जा दिएर जग्ग्ाा खाली गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
यता पछिल्लो पटक आएको वालको समस्यालाई समाधान गर्न पनि प्राधिकरणसँगै आग्रह गरिएको र प्राधिकरणले उक्त काम गर्ने वचन दिएको नगरपालिकाका कर्मचारी कमल मैनालीले बताए ।
प्राविधिकहरुका अनुसार डिजाइनअनुसार निर्माण भएपछि यहाँको विमानस्थलबाट ट्वीनअटर र त्यससरहका विमान आउ-जाउ गर्न सक्नेछन् । काठमाण्डौंबाट झापाको भद्रपुर आउन भन्दा पाँच मिनेट कम समयलाग्ने भनिएको यहाँको विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन् ।

No comments:
Post a Comment