Friday, January 31, 2014

माई र पुवामा नयाँ पुल बन्ने .. गाउँ-गाउँ जोड्ने पक्की पुलको निर्माण धमाधम

कोकिला ढकाल/राजधानी
इलाम १३ माघ

    अवधि सकिएको दशकौं पछि मेची राजमार्गअर्न्तगत पर्ने इलामका दर्ुइवटा मोटरेवल पुल निर्माण हुने भएका छन् । जोखिमपर्ूण्ा बन्दै गएका माइखोला र पुवा खोलाका दर्ुइवटा पुल निर्माण हुने भएका हुन् ।
    माईखोलाको राजदुवालीमा रहेको पुललाई स्टील पुल बनाइने भएको छ । उक्त पुलको ठेक्का सम्झौंता पछि निर्माण सामग्रीहरु पनि आउन थालेको पर्ूवाञ्चल सडक डिभिजन कार्यालय इलामले जनाएको छ । विभाग अर्न्तगत पुल आयोजनाले स्टील पुलको निर्माणकालागि प्रक्रिया अगाडि बढाएको हो । 'माइखोला पुलको नि
र्माण पुल आयोजनाबाटै अगाडि बढेको छ । हिजो मात्रै निर्माण सामग्रीहरु खस्न थालेको जानकारी आएको छ ।' पर्ूवाञ्चल सडक डिभिजन कार्यालयका इन्जिनियर अरुण कर्ण्र्ाा भने 'अहिले काठको भाटा भएको ठाउँमा स्टील जडान हुन्छ । हामीलाई आएको जानकारी अनुसार यहाँ स्टीलको पक्की पुलनै निर्माण हुन्छ ।' 

    यता मेची राजमार्गअर्न्तगतकै  इलामको  पुवा खोलाको पुल पनि यही वर्षनिर्माण सुरु हुने भएको छ । यो पुलको लागि डिटेलर्सर्भे भइ डिजाइनको काम भइरहेको इन्जिनीयर कर्ण्र्ाा जानकारी दिए । २०४१ साल तिर निर्माण भएको सो पुललाई करीब पाँचवर्षअघि आएको एक अनुगमन टोलीले अवधि सकिएको बताएको थियो ।  १२ टन भार थाम्ने क्षमता भएपनि २५ टन सम्मका मालबहाक सवारी साधनहरु चल्ने भएकाले भार थेग्न नसकेर गतवर्षै पुलको भाटा भाँचिएर पुनः मर्मत गरिएको थियो । सडक डिभिजन कार्यालय इलामले भने बाढी, पहिरो, भूकम्प जस्ता कुनै दैवी विपत्ति आउँदा बनाइने बेली ब्रीज भएकाले सो पुल धेरै जोखिम युक्त रहेको जनाएको छ ।
    पुवा र माइ यी दुवै खोलाको पनि पुलमा सानो समस्या आए पहाडी जिल्ल्ाा इलाम, पाँचथर र ताप्लेजुङ्गमा प्रत्यक्ष प्रभाव पर्नेछ ।
    माइखोलाबाट निर्माण सामाग्रीका रुपमा ढुङ्गा, बालुवा र गीटी झिक्ने क्रम बढेपछि मेची राजमार्ग अर्न्तर्गत इलामको माईखोला स्थित राजदुवालीमा रहेको पुल पनि जोखिममा पर्दै आएको छ  । पुलको वरीपरि रहेको ढुङ्गा, बालुवा र गीटी निरन्तर झिक्न थालिएपछि र सदरमुकाम जाने सडक भासिएर ठाउँठाउँमा पहिरो समेत जानथालेपछि
पुल जोखिममा परेको हो । जिल्ला विकास समिति इलामले दश वर्षअघिनै यो पुल जोखिममा पर्ने भन्दै पुलको तीन सय मिटर वरपरको बालुवा गीटी निकाल्नमा रोक लगाएको थियो ।
    पर्ूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले कुन गाडीले कतिसम्म मात्र सामान बोकेर गुडन पाइन्छ भन्ने अनुगमन गर्ने निकाय नभएकाले राजमार्ग र पुल जर्ीण्ा बन्दै गएको बताएका छन् ।    सडक ऐनमा १० दशमलव २ टन भारका सवारीसाधन मात्रै ओहोरदोहर गर्नपाउने व्यवस्था रहेको भएपनि मेची राजमार्गमा २० टन माथिका सवारीहरु सञ्चालन भइरहेको जानकारहरु बताउँछन् ।  मेची राजमार्गभएर इलाम, पाँचथर हुँदै ताप्लेजुङ्ग सम्म जाने यात्रुवहाक मालवहाक तथा पर्यटक लगायतका गरि दैनिक २ सय सवारी साधनहरु आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ ।

    यता पर्यटकीय तथा ग्रामीण सडकका रुपमा विकास हुँदै गरेको इलाम नगरपालिका, दुधाङ्ग, सोयाङ्ग र नयाँबजार जोड्ने दुधाङ्ग-सोयाङ्गबीचको माइखोलामा पनि पक्की पुल निर्माण हुने भएको छ । यो वर्ष४० लाख रुपैयाँ छुटि्टएको उक्त पुलको पनि डिजाइनिङ्गको काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ । ७ दशमलव २ मिटर चौडा रहेको पुलबनेपछि इलाम सदरमुकामबाट सोझै सोयाङ्ग, नयाँबजार, प्याङ्ग हुँदै जमुनासहित उत्तरी लेकाली क्षेत्र आवतजावतमा सहज हुनेछ ।
    जिल्लाको दक्षिणी क्षेत्र महमाइ दानाबारी बीचको चण्डाल घाटमा पनि अर्कौ पुल निर्माण सुरु गरिएको छ । वषर्ायाम सुरु भएपछि आवतजावत बन्द हुने महमाई, बाँझो, इभाङ्ग, साकफारालगायतका आधादर्जन गाविसका बासिन्दालाई सुविधा पुग्ने छ । उक्त पुल पनि पुल आयोजना अर्न्तगत ठेक्का प्रक्रियाबाटै निर्माण सुरु भएको हो  ।

    यसैबीच पर्ूवाञ्चल सडक डिभिजन कार्यालय अर्न्तगत इलाम र पाँचथरमा निर्माण सुरु भएका आठवटा पक्की पुल निर्माण भइरहेका छन् । निर्माण अवधि सम्झौंता सकिएपनि विभिन्न कारणले निर्माणमा ढिलो भएकाले अवधि थप गर्न ठेक्केदारहरुले माग गरेपछि कामको प्रगति हेरेर यी पुलहरुकालागि केही समय थप पनि गएको डिभिजन प्रमुख चन्द्रनारायण यादवले बताए ।
    यादवका अनुसार  इलाम नगरपालिका र नामसालिङ जोड्ने बज्रदेवी, हाँसपोखरी बहुवन बीचको सुके निन्दा पुल, दानाबारीको गरुवा पुल, मंगलबारे सोयाक, चिसापानी बीचको बलासे पुल, खुदुनाबारी लोदियाबीचको सुखानी पुल, गजुरमुखी देउमाइ पुल, सिद्धिखोला पुल र  पाँचथरको फेमेखोला पुलको काम धमाधम भइरहेको छ ।

No comments:

Post a Comment