Friday, January 31, 2014

विद्यालय क्षेत्र सुधार कार्यक्रमले शैक्षिक क्षेत्र अन्योलग्रस्त

कोकिला ढकाल / इलाम १६ माघ
    नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर बस्नेतले सरकारले सन् २००९ देखि २०१५ सम्म लागु गरेको विदालय क्षेत्र सुधार कार्यक्रमले नेपालको शिक्षा क्षेत्र अन्योलग्रस्त बनेको बताएका छन् ।  यो अवधिमा शिक्षकको करार नियुक्ति, विद्यालय समुदायमा हस्तान्तरण, तहगत संरचना अव्यवस्थित प्रशासनिक व्यवस्थाको अस्पस्टताआदि कारणले यो ६ वर्षौ अवधिमा शिक्षा क्षेत्रनै अन्योलग्रस्त बनेको बताए  ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन इलामको १४ औं जिल्ला परिषदको उद्घाटन गर्दै उपाध्यक्ष बस्नेतले शिक्षा आयोगले लिएको शिक्षकहरुको परिक्षाको निस्पक्ष ढंगले तत्काल नतिजा प्रकाशन गर्न आग्रह गरे । हाल सम्म कार्यरत रहेका  अस्थायी शिक्षकहरुलाई कुनै पनि बहानामा विस्थापन गर्न नहुने भन्दै बस्नेतले शिक्षा आयोगको नतिजा प्रकाशन गर्न नेपाली कांग्रेसको उच्च नेतृत्व  र नेपाल शिक्षक संघको बेनामे उजुरीले रोकिएको आरोप लगाए  ।  राजनीतिक सिद्धान्त सँग नजिक भएपनि दलीय हिसाबमा टाढा रहेको शिक्षक संगठनको भूमिका स्पस्ट पार्दै उपाध्यक्ष बस्नेतले शिक्षा क्षेत्रमा अहिले सम्म शिक्षक स्थायी, पेन्सन, विदा, शैक्षिक गुणस्तर कायमजस्ता विषयमा भएका उपलब्धी शिक्षक संगठनका कारण भएको दाबी गरे  ।
    कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले दोष सृष्टिमा नभइ दृष्टिमा भएकाले त्यो दृष्टि सच्याउन जरुरी रहेको बताए  । अहिले १८ प्रकृतिका शिक्षक रहेको बताउँदै जिशिअ पुरीले शिक्षा संस्कार र गुणस्तरका विषयमा इलाममा जिम्बेवारी पर्ूण्ा काम भएको पाइएको स्पस्ट पारेका थिए  । निति र विधि मान्ने संस्कार इलामबाटै पाएको भन्दै जिशिअ पुरीले इलाममा ९८ प्रतिशत साक्षर रहेको बताए  । अहिले सम्म आफैं लागेर जिल्लाका १०५ विद्यालयको निरिक्षण गरेको बताउँदै पुरीले विद्यालयमा लापरवाही गर्ने ३ जना शिक्षलाई अवकास दिएको, ४ जनाको तलब रोक्का, १८ जनामाथि स्पस्टीकरणमाग गरिएको र ३६ जनालाई अखतियारको छानविनकालागि जिम्मा लगाइएको जानकारी दिए । शिक्षा सेवा आयोगलाई संवैधानिक अंग बनाइनुपर्नेमा  जिशिअ पुरीको जोड थियो । जिशिअ पुरीले नेपाल सरकारको निर्ण्र्ााविपरित परिक्षा शुल्क लिने विद्यालयहरुलाई प्रमाण भेटिए कार्वाही गर्ने प्रतिबद्धता पनि जनाए ।
   
    सो अवसरमा नेपाल शिक्षक युनियनका राष्ट्रिय परिषद सदस्य चेतप्रसाद दवाडीले शिक्षकहरुले आफ्नो कार्यक्षेत्रमा चुक्न नहुने भन्दै राम्रो कामकालागि अनुगमन चहानु स्वभाविक भएपनि आफूले काम नगरि निरिक्षण भएन भन्नु चाँहि शिक्षकहरुको काम चोर प्रवृत्ति रहेको धारणा राखे । यस्तै नेकपा एमाले जिल्ला सचिव गणेश बरालले आधारभूत शिक्षा दिने तहमा विशेष ध्यान दिन शिक्षहरुलाई आग्रह गरे  ।
    यस्तै प्याब्सन उपाध्यक्ष विकास कर्मचार्यले सामुदायिक विद्यालयहरुमा विद्यालयप्रति जवाफदेही विद्यालय व्यवस्थापन समितिको खाँचो औंल्याएका छन् । उनले भने 'विगतमा शिक्षकलाई जुन सम्मानका दृष्टिले समाजमा हेरिन्थ्यो त्यो अहिले छैन । प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रशासनिक चुस्तता तथा पार्रदशिता, जवाफदेहीता र उत्तरदायित्व कायम हुन सक्यो भने कसैले शिक्षक र विद्यालय प्रति र्तुछ दृष्टिले हर्ेन सक्दैन यसमा ध्यान पुर्‍याउन जरुरी छ ।' नेपाल शिक्षक संघका कुमार पौडेलले गुणस्तरीय शिक्षाको आरोप खेपिरहेका शिक्षकहरु कसरी अगाडि बढ्नर्ुपर्छ भन्ने कुरामा सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रममा विद्यार्थी नेता रविन्द्र सुवेदीले सेन्टप परिक्षाका नाममा गर्न लागिएको निर्माणात्म परिक्षाकालागि विद्यालयहरुले लिएको शुल्क प्रति आपत्ति जनाएका थिए ।

    कार्यक्रममा नेपाल शिक्षक युनियनका जिल्ला सचिव छत्र सुब्बा, मानबहादुर खड्गीलगायतले मन्तव्य राख्नु भएको थियो । संगठनका जिल्ला अध्यक्ष गोपाल नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्तभएका दाताराम निरौला, यादव अधिकारी, तेजबहादुर थापा, प्रमिला चापागाई, टेकनाथ न्यौपाने, यामकुमार लोरिङदेन, गणेश आचार्य सात शिक्षकलाई दोसल्ल्ाा ओढाएर सम्मान गरिएको थियो ।

No comments:

Post a Comment