कोकिला ढकाल/इलाम, ८ माघ
चिया क्रान्तिमा अग्रसर भएका नेपाली किसानहरु र उद्योगीहरुलाई भरपर्दो बजार नहुनुले अहिले सम्म घुँडा टेक्ने अवस्था कायमै छ । विदेशी मुद्रा आर्जनको राम्रो सम्भावना बोकेको नेपाली अर्थोडक्स चियालाई सरकारले उचित व्यवस्थापन गर्न नसक्नुको परिणाम चियाका साना किसानसम्म पर्न थालेको छ ।
चिया खेती विस्तार, प्रशोधन तथा अन्तराष्ट्रिय बजार व्यवस्थापनकालागि सरकारको प्रत्यक्ष सहयोगी नीति नहुँदा वर्षोनी ओरालो
चिया क्रान्तिमा अग्रसर भएका नेपाली किसानहरु र उद्योगीहरुलाई भरपर्दो बजार नहुनुले अहिले सम्म घुँडा टेक्ने अवस्था कायमै छ । विदेशी मुद्रा आर्जनको राम्रो सम्भावना बोकेको नेपाली अर्थोडक्स चियालाई सरकारले उचित व्यवस्थापन गर्न नसक्नुको परिणाम चियाका साना किसानसम्म पर्न थालेको छ ।
चिया खेती विस्तार, प्रशोधन तथा अन्तराष्ट्रिय बजार व्यवस्थापनकालागि सरकारको प्रत्यक्ष सहयोगी नीति नहुँदा वर्षोनी ओरालो
लागेको चियाको अन्तराष्ट्रिय व्यापारले उद्योगहरु धराशायी बन्न थालेको उद्योगीहरु बताउँछन् ।
तर, चिया तथा कफि विकास वोर्ड मार्फ सरकारले बल्लतल्ल चालु आर्थिक वर्षाई 'अक्सन हाउस' का लागि ३० लाख रुपैयाँ पनि छुट्याएको छ । आर्थिक वर्षशुरु भएको सात महिना बित्न लाग्दा उक्त शिर्षको रकमप्रति किसान र उद्योगी भने अझै वेखबर छन् । यति मात्र होइन चिया तथा कफि विकास वोर्डले गर्ने सम्पर्ूण्ा कार्यक्रम प्रति किसानहरु रुस्ट बन्दै आएका छन् । वोर्ड सञ्चालन तथा किसान सम्म जाने अन्य कार्यक्रमकालागि सरकारले करीब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । जस्मा अक्सन हाउसको पर्ूवाधार निर्माणकालागि ३० लाख रुपैयाँ रहेको छ । ३० लाख रुपैयाँले अक्सनकालागि कति काम के कसरी गर्ने भन्ने कुराको छलफल गर्न वोर्डको बैठक समेत नबसेको समाचार स्रोतले जनाएको छ । लामो समय यता वोर्ड बैठक नबस्दा वोर्डले के काम गर्दैछ भन्ने कुराको जानकारी वोर्ड सदस्यहरुलाई समेत छैन ।
वोर्डले भने किसानलाई तालिम, चिया खेती विस्तार, नीति निर्माणका कामहरु भइरहेको जनाएको छ । '३० लाख रुपैयाँले यहीवर्ष'अक्सन हाउस' को लागि पर्ूवाधार बनाउँछौं ।' वोर्डका कार्यकारी निर्देशक रमणप्रसाद पाठकले भने 'अनुमानित लागतसहितको डिटेल प्रोजेक्ट तयार गरेर मन्त्रालयमा पेस गरेका छौं, अब रकम निकासा हुने चरणमा छ । रकम निकासा पछि सम्भावित स्थानको अध्ययन्, अन्तराष्ट्रिय अक्सन बजारहरुको अध्ययन, सरोकारवालाहरुसँग छलफल र पर्ूवाधार खडा गर्ने काम यो आर्थिक वर्षभित्र सिध्याउने छौं ।' अक्सन मार्केटकालागि झापाको विर्तामोड र त्यस आसपासको क्षेत्र हेरिसकेको पाठकले जानकारी दिए । करीब २-३ विगा जग्गा आवश्यक पर्ने बताउँदै पाठकले भने 'अब मन्त्रालयको टोलीसहित त्यस क्षेत्रमा अध्ययन गरिने छ र पर्ूवाधारको काम गरिने छ ।' अक्सन मार्केटकालागि करीब ४ करोड रुपैयाँ खर्च हुने छ ।
यता अक्सन बजारको माग गरिरहेका चिया किसान र उद्योगीहरु सँग अहिले सम्म पनि वोर्डले समन्वय नगरेकाले 'अक्सन मार्केट' निर्माण हुन्छ भन्नेमा आफूहरु विश्वस्त नरहेको किसानहरुले बताएका छन् । वोर्डमा भएको जनशक्ति अनुसारको काम नहुनु र कर्मचारीलाई तलब खुवाउने भर्त्तर्ीीेन्द्र जस्तो मात्र हुनुले वार्ड प्रति किसानहरु नै असन्तुस्ट बन्दै आएको उनीहरु बताउँछन् । वोर्डकै सदस्य काजीमान कागतेले वोर्डमार्फ सरकारसम्म पुग्ने किसान र उद्योगीका समस्याहरुमा वोर्ड कहिले पनि चिन्तित नदेखिएको बताए । चिया किसान समेत रहेका काजीले भने 'उद्योगी र किसानहरु चियाले गर्दा उल्टो मार खेप्न बाध्य छन् । पहिला लोन र मेशिनरी सामानमा दिन थालिएको केही छुटको व्यवस्थालाई पुन पछिल्लो पटक गठन भएका छुट्टा-छुट्टै सरकारहरुले उल्ट्याइ दिएका छन् । किसान, उद्योगीलाई जहिले पनि घुँडा टेकाउने काम हुँदै आएको छ । यसले गर्दा दशकौंसम्म चिया क्षेत्रको हविगत उही हुन्छ ।'
यता किसानहरुको प्रत्यक्ष प्रतिनिधित्व गर्ने केन्द्रीय चिया सहकारी संघ पनि वोर्डका काम प्रति सन्तुष्ट छैन । 'बजेट र कार्यक्रम नहुँदा त ठिकै थियो । यो वर्षबजेट तथा कार्यक्रम दुवै छ तर पनि वोर्डले किसानसम्म पुगेर केही गरेको छैन ।' संघका अध्यक्ष गोविन्द दाहालले भने 'वोर्ड मार्फ चिया किसानलाई सहयोगको अपेक्षा गर्नु धिक्कार छ ।' चालुआर्थिक वर्षो सात महिना बित्नै लाग्दा पनि अक्सन मार्केटको काम सुरुनै नहुनुले अब पाँच महिनामा पर्ूवाधार निर्माण हुन्छ भन्ने पत्याउन गाहृो दाहाल बताउँछन् । उनी भन्छन् 'यो काम पनि संम्भव छैन अध्ययन् र भ्रमणमै अक्सन मार्केटको रकम सकिन्छ ।'
No comments:
Post a Comment