कोकिला ढकाल/राजधानी
इलाम, १६ माघ
र् र्सवसाधारणकालागि भयानक रोग बन्न थालेको हात्तीपाइलेबाट नेपालका ६० जिल्ला प्रभावित रहेका छन् । बाँकी हिमाली र उच्च पहाडी १५ जिल्लामा भने यो रोग देखिएको छैन । सन् २००१ मा देशका ३७ जिल्लाहरु र सन् २००५ मा १३ जिल्लामा इम्मुनोक्रोमाटोग्राफिक, इपिडिमियोलोजीकल म्यापिङ्ग गरिएको अध्ययन अनुसार एकिकृत स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबाट प्राप्त तथ्याकंको आधारमा ६० जिल्लामा हार्त्तर्ीीइले देखिएको हो ।
क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोक्दा र्सर्ने यो रोगबाट जाडो हुने, ज्वरो आउने, शरीरमा कम्पन हुने, नसा सुन्निने, पुरुषको अण्डकोषमा तथा महिलाको स्तनमा गिर्खा आउने, हातखुट्टा सुनिनेजस्ता लक्ष्यणहरु देखा पर्ने चिकित्सकहरु बताउँछन् । हात्तीपाइलेको समयमा उपचार नहुँदा शारीरिक रुपमा अशक्त बनाउने, कुरुप तथा अपाङ्ग बनाउने हुने गरेको चिकित्सकको भनाइ छ । पोथी लामखुट्टले टोक्दा मानिसको शरीरमा उचेरिया बाँक्रोफटी ९० प्रतिशत, ब्रुजिया मालायी १० प्रतिशत परजीवी र्सर्नेगरेको पाइएको छ भने अर्को ब्रुजिया टिमोरी परजीवी पनि र्सर्नेगरेको छ ।
यो रोग प्रभावित क्षेत्रहरुमा बसोबास गर्ने देशको कूल जनसंख्याको ९० प्रतिशत मानिसमा हात्तीपाइले -फाइलेरिया) रोगको संक्रमण रहेको अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
इलामका १५ गाविसमा हार्त्तर्ीीइलेको उच्च जोखिम
यता गर्मीयाम सुरु हुँदै गर्दा लामखुट्टेको टोकाईबाट जोगिनु अति आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । हातीपाईले रोग विरुद्धको अभियानकालागि विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा ज्वरो, मलेरिया, म्यानेनजाइटीस र हात्ती पाइले रोग लामखुट्टेले सार्नै भएकाले त्यसबाट जोगिन संञ्चार माध्यम मार्फ कार्यालयले र्सवसाधारणलाई सचेत गराएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख राजकुमार पोख्रेलले इलामका उत्तरी माइपोखरी र जमुना सहित दक्षिणी दानाबारी, चुलाचुली, महमाईलगायत १५ गाविस लामखुट्टेको बढी प्रकोप रहेको र मलेरिया, हात्तीपाइले र म्याननेजाइटीसको उच्च जोखिममा रहेको जानकारी दिए । बाँकी उत्तरी माबु र माइमझुवा गाविसमा यस्ता कीरा र रोगको प्रकोप अहिले सम्म नदेखिएपनि बाँकी गाविस ३१ गाविस मध्यम जोखिमको सुचीमा रहेको पोख्रेलले बताए ।
लामखुट्टेले रोगीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यसको संक्रमण फैलने बताउँदै उनले भने 'यो रोगले वातावरण सँग पनि सम्बन्ध राख्छ । वरपर फोहोर मैला भयो भने, पानी जम्यो भने लामखुट्टे फैलने हुँदा वातावरण सँग पनि सचेत हुन उत्तिकै आवश्यक छ ।'
इलाममा गतवर्ष३ सय ९३ जनामा हात्तीपाइको संक्रमण देखा परेको थियो । यसरी बढ्दै गरेको हात्तीपाइले निवारण गर्न सरकारले थालेको औषधी खुवाउने अभियान जिल्ला स्वास्थ्य कार्यालयले आगामी माघको २५, २६ र २७ गते सञ्चालन गर्ने भएको छ । जिल्लाका ९२५ केन्द्रबाट हात्तीपाईले रोग विरूद्धको औषधी वितरण गर्ने जनाएको छ । औषधी खुवाउनका लागि एक हजार ७४ जनामहिला स्वास्थ्य स्वंयसेविकासहित एक हजार आठ सय ५० जना स्वयंसेवक र दर्ुइ सय ६५ जना स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यालयले जनाएको छ ।
अभियानभित्र दर्ुइ वर्षनपुगेका नवजात शिशु, गर्भवती महिला, विरामी र ७० वर्षमाथिका वृद्धवृद्धालाई भने औषधी सेवन गर्न नदिने र ती बाहेक अन्य सबैले औषधि सेवन गरे कुनै असर नपर्ने प्रमुख पोखरेलको भनाइ छ ।
कार्यालयले आर्थिक वर्ष०६८/०६९ मा इलाममा ६६ दशमलव ४ प्रतिशत व्यक्तिले हार्त्तर्ीीइले विरुद्धको औषधी खुवाएको र गत आर्थिक वर्ष०६९/०७० मा ७० दशमलव ३ प्रतिशतलाई औषधी खुवाएको थियो । यस्तै चालु ८० प्रतिशतलाई औषधी खुवाइने लक्ष्य रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिएका छन् । ६ वर्षसम्म खुवाइले यो औषधी यो वर्षसम्ममा तीन पटक हुने र यो वर्षइलाममा मात्र २ लाख ६३ हजार ५ सय जनालाई खुवाइने बताइएको छ ।
नेपालले आगामी सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । देशव्यापी रुपमा चीनबाट सुरु भएको हात्तीपाइलेको औषधी खुवाउने अभियान अहिले नेपालसहित विश्वका ८३ राष्ट्रमा सञ्चालित भएरहेको पनि बताइएको छ । हात्तीपाईले रोग विरूद्धको औषधी खाना खाएपछि खानुपर्ने र यसरी खाएमा यसबाट कुनै असर नपुग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
No comments:
Post a Comment