Wednesday, February 5, 2014

मेचीमा बलात्कार तथा यौन दुव्यवहारका घटना बढे, कार्वाही बढेको प्रहरीको भनाइ

कोकिला ढकाल/इलाम २० माघ
    एक वर्षो अवधिमा मेची अञ्चलमा ७९ वटा बलात्कार तथा यौन दर्ुर्व्यवहारका घटना भएका छन् । अघिल्लो वर्षो तुलनामा सन् २०१३ मा यी घटनाहरु ३८ वटाले बढी हुन् । मानवअधिकार वर्षपुस्तकका अनुसार सन् २०१२ मा मेचीमा ४१ वटामात्र यस्ता घटना भएका थिए  ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मेचीका चारै जिल्लामा गरेको वर्षुस्तकको पर्ूव समिक्षाको तथ्यांकं अनुसार सन् २०१३ मा ५७ जना बालिका बलात्कारका शिकार भएका छन् । यस्तै २२ जना महिलामाथि पनि बलत्कार भएको छ । सन् २०१२ मा झापामा २८ वटा बलात्कार र दशवटा बलात्कार  प्रयासका घटना भएकोमा सन् २०१३ मा ३४ वटा बलात्कारका घटना भएका छन् ।
    यस्तै इलाममा सन् २०१२ मा दशवटा बलात्कारका घटना भएका थिए । सन् २०१३ मा यो संख्या बढेर २४ पुगेको छ । २०१३ मा इलाममा १८ जना बालिका र ६ जना महिला गरि २४ जना बलात्कारका शिकार भएका छन् ।
    अर्को पर्ूर्वी पहाडी जिल्ला पाँचथरमा सन् २०१२ मा एउटा बलात्कार र पाँचवटा बलात्कार प्रयासका घटना भएका थिए । सन् २०१३ मा १४ बालिका र ४ महिला गरि १८ जना बलात्कारका शिकार भएका छन् । भने ताप्लेजुङ्गमा अघिल्ल्ाो वर्षसन् २०१२ मा दर्ुइ बलात्कार र एउटा बलात्कार प्रयास भएकोमा २०१३ मा दर्ुइ बालिका र एक महिला गरि ३ जना बलात्कारका शिकार भएका छन् ।
    यी घटनाको अवस्थालाई हर्ेदा घटना भन्दा पनि संख्या बढेको इलामका प्रहरी नायब उपरिक्षक भीमबहादुर दाहाल बताउँछन् । 'संख्यात्मक रुपमा बढी भएको स्वभाविक हो । तर यसलाई हामीले कार्वाही बढेको भनेर बुझेका छौं ।' उनी भन्छन् 'पहिला यस्ता जघन्य प्रकृतिका मुद्धाहरु पनि गाउँमा मिलाउने चलन थियो  । अहिले त्यो छैन, र्सवसाधारणमा यस्ता घटना मिलाउनु हुँदैन भन्ने चेतना बढेको छ । त्यसकारण पनि यस्ता घटना प्रहरी सम्म लानर्ुपर्छ भन्ने चेतनाले संख्या बढेको हो ।'
    'पहिला परिवार तथा आफ्नो इज्जत ढाकछोप गर्न र लाजले पनि लुकाउने गरेको पाइयो । धेरै घटना गाउँ-गाउँमै मिलाउने गर्थे, त्यसकारण पीडकले प्रस्रय पाउँथ्यो ।' दाहालले भने 'अहिले यस्ता प्रकृतिका घटना मिलाउन खोज्नेलाई पनि कार्वाही हुन्छ भन्ने कुरा धेरैले बुझिसकेका छन् । प्रहरीमा सुचना दिनर्ुछ भन्ने पनि सचेतता भएको छ । घटनाको सुचना पाउनासाथ प्रहरी पनि घटनास्थलमा पुग्ने गरेको छ । '
    अहिले बलात्कार तथा यौनदर्ुर्व्यवहारका प्रत्येक घटनालाई कानुनी प्रक्रिया सम्म लगेर दोषीलाई कार्वाही भइरहेको दाहाल बताउँछन् । तर, पिडित र पिडक दुवैको मेडिकल गराउने गरिएपनि कतिपय घटनामा उनीको बयान भन्दा फरक डाक्टरको रिपोर्ट आउने गरेकाले दोषीलाई पुरा कार्वाही हुन नसकेको दाहालले बताए । उनले भने ' बालिका तथा महिला पिडित हुन्छन् तर, प्रहरी सम्म आउने ढिलो भएका केशहरुमा घटना भएको अस्तित्व नामेट भएको हुन्छ । युवा अवस्थाका कतिपय महिलाहरुमा शारीरिक रुपमा पनि बलात्कार भएको भन्ने पुस्टि नहुने अवस्था आएका छन् । यस्ता केशको चाँहि कार्वाही गर्ने एउटा आधार डाक्टरको रिपोर्ट पनि भएकाले केही समस्या हुने गरेको छ ।' 
    कति घटनाहरु अझै पनि समाजमा लुकेर रहने भएकाले त्यस्ता घटनालाई पनि कार्वाही प्रक्रिया सम्म ल्याउन पिडितहरुलाई परामर्शको खाँचो रहेको दाहाल बताउँछन् । पिडक सँगकै आश्रति, नाता, आफन्तआदिका कारण पिडितहरुले अझै पनि नभन्ने गरेको पाइएको प्रहरीको भनाई छ । जिल्ल्ाामा रहेका अधिकार कर्मीहरुले पिडित भएर बाहिर आउन नसकेकाहरुलाई परामर्श गरेर प्रहरी सम्म ल्याउन सहयोग गर्न आग्रह पनि गरेका छन् ।
    यता मानवअधिकार मञ्च इलामले अधिकार हनन्मा परेका, बलात्कार तथा यौन दर्ुर्व्यवहारमा र अप्ठ्यारोमा  परेकाहरुलाई आफ्ना पाँच जना मनोसमाजिक परामर्शदाताहरु मार्फ परामर्श सेवा दिन थालेको जनाएको छ । 
   


No comments:

Post a Comment