कोकिला ढकाल/इलाम २८ माघ
समयमा साधारण सभा र लेखा परिक्षणको प्रतिवेदन नबुझाउने पर्ूर्वी पहाडका सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालय इलामले जरीवाना लिएर कार्वाही शुरु गरेको छ । लेखा परिक्षणको स्वीकृति नलिने, स्वीकृति लिएर पनि समयमा लेखा परिक्षण र साधारण सभा गराएर प्रतिवेदन पेश नगर्ने ७५ वटा सहकारीलाई कार्वाही गरिसकिएको डिभिजन सहकारी कार्यालय इलामका प्रमुख माधव पोख्रलले बताए ।
सहकारी ऐन २०४८ अनुसार सहकारी संघसंस्थाहरुले पौष मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ । सहकारी विभागले २०६८ मा जारी गरेको सहकारी मापदण्डले भने सहकारी संस्थाले आश्विन मसान्तभित्र साधारण सभा सम्पन्न गरि आर्थिक विवरण डिभिजन सहकारी कार्यालयमा पेश गरिसक्नुपर्ने व्यवस्था छ । यी व्यवस्थालाई वेवास्ता गर्दै समयमा प्रतिवेदन बुझाउन अटेर गर्ने सहकारीलाई जरीनावा गर्दा हाल सम्म ५७ हजार रुपैयाँ अशुल भइसकेको पोख्रेलले जानकारी दिए ।
डिभिजनले शहरी क्षेत्र र गाउँका सहकारीलाई मापदण्ड तोकेरनै जरीवाना गर्ने गरेको छ । कार्यालयले इलाम सदरमुकाम ,पाँचथरको फिदिम र ताप्लेजुङ्गको फुँलिङ्गमा रहेका सहकारीलाई जरीवानाको छुट्टै मापदण्ड कायम गरेको छ । यी क्षेत्रमा रहेका ५० लाख माथि सम्पत्ति र दायित्व भएका सहकारीलाई समयमा प्रतिवेदन नबुझाउँदा सात सय रुपैयाँ र लेखा परिक्षण प्रतिवेदन नबुझाउँदा आठ सय रुपैयाँ दण्ड तोकेको छ ।
यस्तै ग्रामीण क्षेत्रमा दर्ुइ लाख देखि ५० लाख कारोबार रहेका सहकारीलाई ६ सय रुपैयाँ, दर्ुइ लाखदेखि ५० लाख कारोबार हुनेलाई चार सय रुपैयाँ र दर्ुइ लाख रुपैयाँ भन्दा कम कारोबार भएकालाई तीन सय रुपैयाँ तोकेको छ । पाँचथर र ताप्लेजुङ्गका गाउँका सहकारीलाई क्रमशः पाँच सय, चार सय र तीन सय रुपैयाँ तोकेको छ ।
यसैबीच करीब २-३ वर्षघि देखि साधारण सभा नगरेका र लेखा परिक्षण प्रतिवेदन नबुझाएका सहकारीहरुलाई शहरी क्षेत्रमा एक हजार पाँच सय र गाउँकालाई कारोबारको आधारमा एक हजार र पाँच सय रुपैयाँ जरीवाना गर्ने मापदण्ड तोकेको छ ।
डिभिजनले गतवर्षपनि प्रतिवेदन नबुझाउने १८९ सहकारीलाई कार्वाही गरेको कार्यालयले जनाएको छ ।
यता तीन जिल्लाका ३६५ वटा सहकारीले भने समयमा प्रतिवेदन बुझाएका छन् । इलामका तीन सय , पाँचथरका ४४ र ताप्लेजुङ्गकम २१ व्ाटा सहकारीहरुले भने समयमै प्रतिवेदन वुझाएका छन् । गतवर्षयही अवधिमा २१९ वटा मात्र संस्थाले प्रतिवेदन वुझाएका थिए । विगतमा ऐन नियम र मापदण्ड वमोजिम समयमा प्रतिवेदन नदिने सहकारी संघसंस्थालाई कार्यालयले दण्ड जरिवानामार्फ सजग गराएपछि चालुआर्थिक वर्षा उल्लेख्य मात्रामा प्रतिवेदन आएको डिभिजन प्रमुख पोख्रेलले जानकारी दिए । उनले भने 'सहकारी शिक्षाको सकारात्मक प्रभाव, सहकारी संघहरुको समन्वयकारी भुमिका र जिल्लामा सहकारी विकास र पर््रवर्द्धनको क्षेत्रमा काम गरिरहेका गैहसरकारी संस्थाको सकृयताकाकारण पनि प्रतिवेदन बुझाउने क्रममा केही सुधार चाँहि आएको देखिन्छ ।'
यसैगरि जिल्लामा सहकारी संस्था स्थापना गर्ने दरमा पनि घटेको छ । विगतमा एउटै आर्थिक वर्षा एक सय वटा संस्था दर्ता भएकोमा चालु आ.व.को पहिलो ६ महिनामा तीन जिल्लामा २८ वटामात्र सहकारी संस्था दर्ता भएको कार्यालयले जनाएको छ । एउटै गाविस मा धेरै संस्था स्थापना हुनु र सहकारी अभियानलाई व्यवसायिक वनाउन सहकारीकर्मीमा एकिकरण कार्यको चेतना जाग्नुले पनि सहकारी दर्ता न्युन भएको बताइएको छ ।
डिभिजन सहकारी कार्यालयको क्षेत्राधिकार भित्र हालसम्म ८४७ वटा सहकारी संघसंस्था संञ्चालनमा छन भने इलाममा ५१८ पाँचथरमा २०८ र ताप्लेजुगङ्गमा १२६ वटा सहकारी संघसंस्था रहेका छन ।
Thanks for Coverage
ReplyDelete