Monday, February 3, 2014

पानी पाउँदैनन् सदरमुकामका सुकुम्बासी

कोकिला ढकाल/राजधानी
 इलाम, १९ माघ
    'सुकुम्बासी र दुःख पाएकाले त खानै नपाउने, यहाँ अलि धनी र सम्पन्नकामा मात्र पानी छ ।' इलाम सदरमुकामस्थित चिया कमानको जग्ग्ाामा बस्दै आएकी ६५ वषर्ीया जगतकुमारी अधिकारीले भनिन् 'हामी कमानको धुरामा बसेका सबैले आधाघण्टा ओरालो झरेर पानी बोकेर खाने गरेका छौं ।'
    'पैसा शान्ति पानी खान्छौं भनेर नगरपालिकामा पटक-पटक निवेदन दियौं तर नगरपालिकाले चासोनै गरेन् ।' टाउकामा हात राख्दै अधिकारीले थपिन् 'जग्ग्ाा जमिन नहुनेले पाउँदैनन् भन्छन् । सरकारी जग्गामा बसेकाले कसरी निजी जग्गा देखाउने ।'

    धुरावस्तीदेखि तल रहेको चियाबारी बीचमा पानीको मुहान छ । विहान उज्यालो नहुँदै नाली धारामा गाग्रीको लाइन हुन्छ । एक गाग्री पानी थाप्न उतै आधाघण्टा लाग्ने र आउन जान गरेर आधा गरि एक घण्टा समय एक गाग्री पानीकालागिन खर्चर्नु पर्ने अधिकारी बताउँछिन् । 'छोराछोरी हुनेको त छोराछोरीले पानी ल्याइदिन्छन् । छोराछोरी नहुने र वृद्धवृद्धाले चाँहि यो गाउँमा पानी खानै नपाएर मर्ने अवस्था छ ।' अधिकारी भन्छिन् 'यहाँ नगरपालिकाले र्सार्वजनिक शौचालय पनि बनाइदिएको थियो । एउटा र्सार्वजनिक धारो पनि थियो तर पानी नहुँदा त्यसै छ ।'
    धुरामै बस्दै आएकी ६० वषर्ीय छलिमाया विकको पनि पानीको पीडा अधिकारीको भन्दा फरक छैन । 'हामीलाई त पानी दिंदैनन् अरे बाँसघारीबाट बोक्छौं नि ।' विक भन्छिन् । करीब ८० घर परिवार रहेको यो धुरा वस्ती नयाँ वस्ती भने होइन् । इलाममा चिया बगान लगाइएपछि बगानमा काम गर्न गाउँ-गाउँबाट ल्याइएका कामदारहरुलाई धुरा बनाएर नेपाल सरकारले राखेको थियो । यहाँका आधादर्जन बढी वृद्धवृद्धा बगानबाट अवकाश पनि भइसकेका छन् । संघाइ ग्रुपले भने २०५७ सालमा मात्र ५० वर्षालागि बगान लिजमा लिएको हो ।
    यता इलाम नगरपालिकाले भने चिया लिजमा लिएको सुबास सांघाइले पत्र पठाएर पानी उपलब्ध गराउन भनेपछि मात्र प्रक्रिया अघि बढ्ने इलाम नगरपालिकाका शाखा राम साहले बताए । उनले भने 'नगरपालिकाको सरसफाई आचारसंहिता २०६८ अनुसार शौचालय निर्माण पछि मात्र नगरपालिकाका सेवा सुविधा प्रदान गर्ने स्पष्ट व्यवस्था छ । त्यो बस्तीमा बगान व्यवस्थापन पक्षले राखेका उस्का मजदुरको घरमा शौचालय पनि निर्माण गरिदिनर्ुपर्छ ।' यो विषयमा भोलि बगान व्यवस्थापन र मजदुरहरु सँग छलफल रहेको साहले जानकारी दिए । शाहका अनुसार चिया बगानसहित धरा वस्ती रहेको क्षेत्र कृषितथा सहकारी मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयको नाममा रहेको छ ।
    धुरा बस्ती नजिकै घर भएका स्थानीय सन्तोष पराजुलीले पनि आफ्नो घरसहित आसपासका क्षेत्रमा पानीनै नआउने गुनासो गरेका छन् । पराजुलीले पानी खोल्ने प्राविधिकको एकाधिकार रहेको भन्दै त्यहाँ कार्यरत प्राविधिकको सरुवा गरि नयाँ प्राविधिक पठाउन नगरपालिकालाई लिखित निवेदन दिएका छन् ।

No comments:

Post a Comment